कोभिड महामारीले ४ प्रतिशतमा खुम्चिएका उद्योग चल्न थाले ५४ प्रतिशत क्षमतामा

  २०७७ पुष २८ गते १७:५८     विकासन्युज

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण पूर्ण रुपमा सञ्चालन हुन नसकेका उद्योगहरु अहिले भने ५४ प्रतिशत क्षमतमा चल्न थालेका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजिनक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनका अनुसार अहिले ५४ प्रतिशत उद्योगहरु पूर्ण सञ्चालनकमा आएका हुन् ।

कोभिड—१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुबाट तथ्याँक संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दी पश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग÷व्यवसायहरु संचालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा संचालनमा रहेको देखाएको थियो ।

तर अहिलेको सर्वेक्षणले भने ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति योसर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधारआई ७७.५० प्रतिशत बाट ८७.५१ प्रतिशत पुगेको छ ।

उक्त सर्वेक्षणका अनुसार अहिले सञ्चालन हुन नसकेका घरेलु उद्योगहरु १६.७९ प्रतिशत, आशिंक सञ्चालन भएका ३६.६४ र ४६.५६ प्रतिशत पूर्ण सञ्चालनमा आएका छन् ।

यस्तै, लघु उद्यम तथा साना खुद्रा व्यापारहरुमा ८.१४ सञ्चालन हुन नसकेका, ४०.३१ आशिंक सञ्चालन भएका र ५१.५५ पूर्ण सञ्चालनमा रहेका छन् भने १५ करोडसम्म स्थिर पूँजी भएका साना उद्योगहरुमा १४.८ सञ्चालन हुन सकेका छैनन्, ४७.१८ आशिंक सञ्चालन र ३८.७३ प्रतिशत पूण्र्ढा रुपमा सञ्चालनमा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.