राजस्वले भेट्यो नक्कली भ्याटबिल प्रयोग गरी १ अर्ब ३२ करोड राजस्व छलि गरेको

  २०७७ पुष १७ गते १७:२५     विकासन्युज

काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) बिल प्रयोग गरी १ अर्ब ३२ करोड रुपैयाँ राजस्व छलि गरेको फेला पारेको छ ।

विभागले नक्कली भ्याटबिल प्रयोग गरी १ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ राजस्व छलि गरेको आरोपमा सर्लाही जिल्ला स्थाई घरभई हाल पद्म कोलनी सितापाइला, काठमाण्डौ वस्ने राम किसोर प्रसाद समेत २८ जनाबाट सो परिमाणको विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी गर्दै आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

राम किसोर प्रसादले मोहन ट्रेड इन्टरनेशनल लगायत विभिन्न २६ वटा फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरेको विभागको भनाई छ । सवै फर्मको बैक खाता संचालन राम किशोर प्रसादले नै गर्ने गरेका थिए ।

यस्ता फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७४/७५ सम्ममा भ्याट तथा आयकर राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको प्रावधान अनुसार कारबाहीको लागि मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.