उकालाे लाग्याे सुनकाे मूल्य

<p>काठमाडाैं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १०० ले उकालो लागेको छ । प्रतितोला ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा [&hellip;]</p>

काठमाडाैं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १०० ले उकालो लागेको छ । प्रतितोला ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ५०० मा कारोवार भएको थियो । चाँदी प्रतितोला एक हजार २८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ ले वृद्धि भएको छ ।

Share News