कोरोना बीमाका लागि दाबी गरेका ४७ प्रतिशत बीमितले पाए भुक्तानी

  २०७७ पुष २ गते १६:५३     विकासन्युज

काठमाडौं । कोरोना भाइरस बीमा गरेका १२ हजार १ सय ९० जना बीमितले भुक्तानी पाएका छन् ।

कोरोना बीमा भुक्तानीका लागि दाबी गरेका २३ हजार ५६ जना बीमितहरुमध्ये हालसम्म १२ हजार १ सय ९० जनाले भुक्तानी पाएका हुन् । जो कुल दाबी गर्नेहरुमा ४७.११ प्रतिशत हो ।

यस्तै, बीमा समितिले दिएको जानकारीका अनुसार हालसम्म २३ हजार ५६ जनाले कोरोना बीमा भुक्तानीका आवेदन दिएका छन् ।
कोरोना बीमाको भुक्तानीका लागि २ हजार १ सय ११ बीमितका फाइल प्रकृयामा रहेको समितिले जनाएको छ ।

यस्तै, आवेदन भुक्तानीका लागि परेको आवेदनहरुको यकिनका लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २५ सय ५४ वटा फाइल एप्रुभल अवस्थामा रहेका छन् भने । १ हजार ११ फाइल पठाउनको लागि तयार गरिएको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.