काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले उखु किसानको बक्यौता सात दिनभित्र तिर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले उखु किसानको बक्यौता सातदिनभित्र तिर्ने व्यवस्था मिलाइदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
२०७६ पुस १८ सम्म १४ उद्योगको १४० करोड बक्यौता रहेकामा २०७७ मंसिर ९ सम्म ६५ करोड बाँकी रहेको छ ।
समितिले उखु किसानको आन्दोलन र चिनी उद्योगीले बक्यौता नदिएको विषयमा बिहीबार मन्त्री र सचिवलाई बोलाएर छलफल गरेको थियो ।
समितिले सातदिनभित्र व्यवसायीबाट रकम भुक्तानीको व्यवस्था मिलाइदिन मन्त्रालयलाई निर्देशन दिएको हो भने श्रम मन्त्रालयलाई पनि अर्को निर्देशन दिएको छ ।