युनाईटेड फाइनान्सका सेयरधनीले लाभांश नपाउने

  २०७७ मंसिर २५ गते ११:५१     विकासन्युज

काठमाडौं । युनाईटेड फाइनान्सका सेयरधनीले यस वर्ष लाभांश नपाउने भएका छन् । फाइनान्सका सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश नपाउने भएका हुन् ।

मंसिर २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त बैठकले संस्थाकाे वित्तीय अवस्था थप सवल र सशक्त बनाउन सेयरधनीलाई उक्त आवको लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस र ७.५२६ प्रतिशत नगद गरी १०.५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.