आरएमडीसी लघुवित्तका सेयरधनीले २० प्रतिशत लाभांश पाउने निश्चित

  २०७७ मंसिर २२ गते १४:२९     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । मंसिर २२ गते सम्पन्न संस्थाको २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश पाउने भएका छन् ।

संस्थाको सभा आज मंसिर २२ गते सोमवार भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले संचालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आ.व. २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/७७ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । प्रस्तुत विवरण अनुसार संस्थाले आर्थिक वर्ष २०७६/७७ मा संचालन मुनाफा ४५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.