मेरो माइक्रोफाइनान्स लघुवित्तले १७.८३ प्रतिशत लाभांश दिने, बाेनस कति ?

<p>काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको १७.८३१५ प्रतिशत लाभांश घोषणा गरेको छ । कार्तिक १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले चुक्ता पुँजीको १६.९३९९ प्रतिशत बाेनस र कर प्रयोजनको लागी ०.८९१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव [&hellip;]</p>

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको १७.८३१५ प्रतिशत लाभांश घोषणा गरेको छ । कार्तिक १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले चुक्ता पुँजीको १६.९३९९ प्रतिशत बाेनस र कर प्रयोजनको लागी ०.८९१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाइ नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाकाे आगामी साधारणासभाले पारित गर्नु पर्ने छ । त्यसपछि मात्रै सेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रूपैयाँ रहेको छ । १६.९३९९ प्रतिशत बाेनस पश्चात कम्पनीकाे चुक्ता पुँजी एक अर्ब रूपैयाँ पुग्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लाे आर्थिक वर्षकाे भन्दा कम हाे । संस्थाले अघिल्लाे आर्थिक वर्ष २०७५/७६ मा कूल ३१.५८ प्रतिशत लाभांश(३० प्रतिशत बाेनस र कर प्रयाेजनकाे लागि १.५८ प्रतिशत नगद) वितरणा गरेकाे थियाे ।

Share News