युनाईटेड ईदी-मर्दीको आईपीओ बाँडफाँड, आवेदन गर्ने सबैले पाए सेयर

  २०७७ कार्तिक १७ गते १८:२१     विकासन्युज

काठमाडौं । युनाईटेड ईदी-मर्दी एण्ड आर.बि. हाईड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरिएको उक्त सेयरको बाँडफाँड आज (कार्तिक १७ गते) सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलकाे रजिष्टर्ड कार्यालय काठमाडौंको जमलमा भएको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिने सबैले कम्पनीको सेयर हात पारेका छन् । कम्पनीको सेयरमा कूल १७२ जनाले एक लाख ७६ हजार ९० कित्ता सेयरको लागि रितपूर्वक आवेदन दिएका क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्काशन गरेको उक्त कूल २२५ जना आवेदकहरुबाट एक लाख ७९ हजार ४ सय १३ कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो । जसमध्ये हेम्जास्थित संकलन केन्द्रहरु मार्फत १०७ जनाले एक लाख १३ हजार एक सय २० कित्ताको लागि र आश्वा प्रणाली मार्फत ६५ जना आवेदकले ६२ हजार ९ सय ७० कित्ता सेयरको लागि रितपूर्वक आवेदन दिएका क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असोज ७ गतेदेखि कार्तिक ६ गतेसम्म उक्त सेयर निष्काशनको बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला अन्तर्गत माछापुच्छ्रे गाउँपालिका वडा नं. १ देखि ९ सम्मका स्थानिय वासिन्दाहरुको लागि बिक्री खुला गरेको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई ४ लाख २० हजार कित्ता सेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.