हालसम्मकै ठूलो आईपीओ ल्याउँदै इन्फ्रास्ट्रक्चर बैंक, डाक्याे वार्षिक साधारण सभा

  २०७७ कार्तिक ५ गते १०:४८     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले हालसम्मकै ठूलो आईपीओ प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । बैंकले आफ्नो दोश्रो वार्षिक साधारण सभा आगामी मंसिर ३ गते आव्हान गरेको हो ।

उक्त सभा सो दिन अपरान्ह ४ बजे काठमाडौंको बानेश्वर स्थित बैंकको रजिष्टर्ड कार्यालयमा हुने भएको छ । अनलाईन प्रविधिमार्फत हुने उक्त सभामा सेयरधनीलाई कन्फेरेन्सको लिंक र आईडी पासवर्ड उपलब्ध गराउने कम्पनीले जानकारी गराएको हो ।

बैंकले हालसम्मकै ठूलो अर्थात ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई आगामी हुने साधारणसभाले पारित गर्दै छ । कम्पनीले जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहको लागि छुट्याइएको ४० प्रतिशत(कर्मचारीलाई छुट्याएको ०.२ प्रतिशत समेत) ले हुने ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

सो प्रस्तावलाई सभाले पारित गरेपश्चात कम्पनीले सर्वसाधारणमा सो मात्राको आईपीओ जारी गर्ने छ ।

त्यस्तै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिर नक्साल र कोरोना कोषलाई क्रमशः एक लाख ५० हजार रुपैयाँ र २५ लाख रुपैयाँ सहयोग गर्ने प्रस्तावलाई सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.