शिवम् सिमेन्टसले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश

  २०७७ असोज २९ गते ११:१०     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टसले हालसम्मकै उच्च नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २४.२१ प्रतिशत अर्थात एक अर्ब ६ करोड ५२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

असोज २८ गते बुधबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई साे मात्राकाे नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित नगद लाभांश संस्थाले हालसम्म वितरण गरेको भन्दा सबैभन्दा बढी हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७४/७५को नाफाबाट बराबर अर्थात १५.७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रस्तावित नगद लाभांश संस्थाकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले साे मात्राकाे नगद लाभांश पाउने छन् ।

2 comments on "शिवम् सिमेन्टसले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.