४५ दिनभित्र वितरण गर्ने गरी यूनिलिभर नेपालले घोषणा गर्यो लाभांश

  २०७७ असोज ११ गते ११:०६     विकासन्युज


काठमाडौं । यूनिलिभर नेपालले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई गत आवको नाफाबाट प्रतिसेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको असोज ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले उक्त  निर्णय गरेको हो ।

उक्त निर्णयलाई कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । बैठकले साधारण सभा सम्पन्न भएको ४५ दिन भित्र लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

साधारण सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी कात्तिक २७ गते बुक क्लोज हुने भएको छ । यससँगै कात्तिक २६ गतेसम्म कायम सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.