नेप्सेले सिभिल बैंकलाई सोध्योः हिमालयनसँग मर्जरको हल्ला चलाएर सेयरको भाउ बढाएको हो ?

  २०७७ असोज ४ गते १४:३०     विकासन्युज


काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सिभिल बैंकलाई हिमालयन बैंकसँग मर्जरमा जान लागेको हो वा होइन भनेर जवाफ मागेको छ । मर्जरको लागि हिमालयन बैंकलाई अनुरोध गरेको हल्ला चलेपछि सिभिल बैंककाे सेयर मूल्यमा चलखेल भएकाे समाचार विभिन्न सञ्चार माध्यममा आएसँगै नेप्सेले सिभिलसँग जवाफ मागेको हो ।

धितोपत्र सूचीकरण विनियमावली बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तै विषयको सूचना तुरुन्त दिनुपर्ने’ भन्ने व्यवस्था रहेको छ । तर, सो सम्बन्धी सूचना तथा जानकारी बैंकको तर्फबाट प्राप्त नभएको जनाउँदै नेप्सेले बैंकसँग जवाफ मागेको हो ।

नेप्सले आइतबार एक पत्र जारी गर्दै यसको जवाफ असोज ५ गते बजार खुल्नु अघि जानकारी गराउन बैंकलाई निर्देशन दिएको छ । यससँगै बैंकले भाेलि साेमबार बिहान ११ बजेअघि नै नेप्सेलाई साे सम्बन्धि सत्य तथ्य के हाे भन्ने विषयकाे  जानकारी गराउनु पर्ने छ ।

मर्जरमा जाने हल्ला चलाएर असाेज ४ गतेकाे बजारमा  सिभिल बैंकको सेयर मूल्यमा भारी चलखेल भएको जानकारहरु बताउँछन् ।

आइतबार बजार खुल्ने वित्तिकै सिभिल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको थियाे । कम्पनीकाे सेयर मूल्य १५ रूपैयाँले बढेर प्रतिकित्ता १६५ रूपैयाँ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.