लिवर्टी ईनर्जीको पहिलो कारोबार कतिमा भयो ?

  २०७७ असोज ४ गते ११:०५     विकासन्युज


काठमाडौं । दाेश्राे बजारमा लिवर्टी ईनर्जी कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको छ । आइतबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो ।

कम्पनीको सेयर गत शुक्रबार(असोज २ गते) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको थियो ।  कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ तोकेको थियाे । दोश्रो बजारमा कारोबारको लागि कम्पनीको सिम्बोल एलईसी दिइएको छ ।

सम्बन्धित समाचारः

लिवर्टी ईनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.