लाभांश घोषणा गर्नेमा पहिलो बन्यो माछापुच्छ्रे बैंक, बोनस र नगद कति ?

<p>काठमाडौं । वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंकले पहिलो पटक गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले ७.०३ प्रतिशत बोनस सेयर र कर सहित ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज [&hellip;]</p>


काठमाडौं । वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंकले पहिलो पटक गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले ७.०३ प्रतिशत बोनस सेयर र कर सहित ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज १ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । सो अवधिमा बैंकले प्रतिसेयर आम्दानी १४.९६ रुपैयाँ कायम गरेको थियो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ७.०३ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ नाघ्ने छ । दोश्रो बजारमा पछिल्लो कारोबारमा बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ३४ रुपैयाँ रहेको छ ।

Share News