सिटिजन्स म्युचुअल फण्ड १ र २ को नगद लाभांश घोषणा, कसकाे कति ?

  २०७७ भदौ ३० गते १२:०४     विकासन्युज


काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ ले इकाइधनीहरुलाई नगद लाभांश दिने घोषणा गरेका छन् । यी दुबैले आर्थिक वर्ष २०७६/७७ को लागि सो मात्राको नगद लाभांश वितरण गर्ने भएका हुन् ।

जसमध्ये सिटिजन्स म्युचुअल फण्ड १ ले इकाइधनीहरुलाई कर सहित १५ प्रतिशत अर्थात १२ करोड ३० लाख रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ ।

त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड २ ले इकाइधनीहरुलाई कर सहित १० प्रतिशित अर्थात ५ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

भदौ १९ गते बसेको सिबिआइएल क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २, सिटिजन्स बैंक इन्टरनेशनलद्वारा प्रवद्र्धन गरिएको तथा सिबिआईएल क्यापिटलद्वारा व्यवस्थापन गरिएको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.