टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द, नेप्सेले भन्यो- सरी

  २०७७ भदौ १४ गते १३:०९     विकासन्युज

काठमाडौं । आइतबार ब्रोकरको टीएमएसमा प्राविधिक समस्या देखिएको छ । टीएमसमसमा समस्या आएपछि दिउँसो १२ बजेर ३ मिनेट पछि सेयर कारोबार हुन सकेको छैन ।

‘नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको छ । हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं । यसबाट पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं ।’, नप्सेले भन्याे ।

टीएमएसमा समस्या देखिएपछि सेयर बेच्दा मल्टीपल इन्ट्री भएकाे लगानीकर्ताले गुनासाे गरेका छन् ।

2 comments on "टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द, नेप्सेले भन्यो- सरी"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.