काठमाडौं । आइतबार ब्रोकरको टीएमएसमा प्राविधिक समस्या देखिएको छ । टीएमसमसमा समस्या आएपछि दिउँसो १२ बजेर ३ मिनेट पछि सेयर कारोबार हुन सकेको छैन ।
‘नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको छ । हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं । यसबाट पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं ।’, नप्सेले भन्याे ।
टीएमएसमा समस्या देखिएपछि सेयर बेच्दा मल्टीपल इन्ट्री भएकाे लगानीकर्ताले गुनासाे गरेका छन् ।