समता लघुवित्तले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने

  २०७७ भदौ ७ गते १२:४८     विकासन्युज

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले ६.३२ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

भदौ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी १९ करोड ११ लाख रुपैयाँ रहेको छ । जसको ६.३२ प्रतिशतले हुन आउने एक करोड २० लाख ७० हजार ५ सय ३५ रुपैयाँ नगद लाभांश(बोनस सेयरको कर सहित) वितरण गर्ने भएको छ ।

त्यस्तै, २० प्रतिशतले हुन आउने ३ करोड ८२ लाख २३ हजार ३ सय ६० रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीलाई वितरण गर्ने संस्थाको प्रस्ताव रहेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
२० प्रतिशत बोनस पश्चात लघुवित्तको चुक्ता पुँजी २२ करोड ९३ लाख रुपैयाँ पुग्ने छ ।

One comment on "समता लघुवित्तले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने"

  • kal says:

    घरेलु लघुबित र समता मर्जर जान NRB बाट LOI दिई सकेपछी दुबैको AGM संयुक्त रुपमा हुनुपर्ने होइन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.