९७ हजार ३४४ जनाले पाएनन् एनआरएन इन्फ्राइस्टक्चरको सेयर, बाँकीले कति पाए ?

  २०७७ साउन २७ गते १०:२४     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्राइस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ मंगलबार(साउन २७ गते) बिहान बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ९७ हजार ३ सय ४४ जनाले कम्पनीको सेयर पाएनन् भने बाँकीले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका छन् ।

उक्त आईपीओमा कूल ४ लाख १८ हजार ९ सय १८ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९ सय ६० जनाको आवेदन रद्द भएको थियो भने बाँकी ४ लाख १७ हजार ९ सय ५८ जनाको आवेदन सदर भएको थियो । सदर भएको आवेदनमध्ये ३ लाख २० हजार ६ सय १४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका हुन् भने बाँकी ९७ हजार ३ सय ४४ जना आवेदकको हात खाली भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको थियाे । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे ।

कर्मचारीका लागि सुरक्षित गरिएको ६७ हजार ९ सय ६१ कित्ता सेयरमा २ जनाले मात्र २२ हजार ४ कित्ता सेयरकाे लागि आवेदन दिएका थिए । बाँकी रहेकाे ४५ हजार ९ सय ५७ कित्ता सेयर बिक्री भएन । उक्त बिक्री नभएकाे सेयर समेत थप गरी सर्वसाधारणमा बाँडफाँड गरिएको हो । यससँगै सर्बसाधारणलाई छुट्याईएको सेयर संख्या ३२ लाख ६ हजार १ सय ४० कायम भएको छ । र, गोलाप्रथाबाट ३ लाख २० हजार ६ सय १४ जनाले १०/१० कित्ताका दरले सेयर पाएका क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.