खुल्ने बित्तिकै सेयर बजारमा लाग्यो सर्किट

  २०७७ साउन ५ गते ११:२०     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेको छ । बजार खुलेको एक मिनेट नबित्दै नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै पहिलो सकारात्मक सर्किट लागेको हो ।

यससँगै सेयर कारोबार २० मिनेटको लागि बन्द भएको छ ।

यसअवधिमा नेप्से परिसूचक ६०.३४ अंकले बढेर १५३९ अंकमा पुगेकाे छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.१७ प्रतिशतले बढेर ३२५ अंकमा पुगेको छ ।

बजारमा १०६ कम्पनीको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.