मौद्रिक नीतिको असरः बजार खुलेको ६ मिनेटमै लाग्यो सर्किट ब्रेक

<p>काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिले लगानीकर्ता उत्साहित भएका छन् । आइतबार बजार खुलेको ६ मिनेट निबत्दै नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ । परिसूचक ४ प्रतिशतबढीले बढेसँगै बजारमा पहिलो सकारात्मक सर्किट लागेको हो । यससँगै बजार २० मिनेटको लागि बन्द भएको छ । साे अवधिमा नेप्से परिसूचक ५६.४४ अंकले बढेर एक हजार ४ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिले लगानीकर्ता उत्साहित भएका छन् । आइतबार बजार खुलेको ६ मिनेट निबत्दै नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ ।

परिसूचक ४ प्रतिशतबढीले बढेसँगै बजारमा पहिलो सकारात्मक सर्किट लागेको हो । यससँगै बजार २० मिनेटको लागि बन्द भएको छ । साे अवधिमा नेप्से परिसूचक ५६.४४ अंकले बढेर एक हजार ४ सय ५१ अंकमा पुगेकाे छ ।

त्यस्तै, क वर्गकाे काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १० अंकले बढेर ३ सय ५ अंकमा पुगेकाे छ । जुन अघिल्लाे काराेबारकाे तुलनामा ३.६६ प्रतिशतले बढी हाे ।

बजारमा कूल ८१ कम्पनीकाे ३ कराेड ६९ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ ।

Share News