रोजगारी दिने ‘हायर मी नेपाल’को साइट सञ्चालनमा, सित्तैमा रजिष्टर्ड गराउन सकिने

<p>काठमाडौं । नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा.लि. ले ‘हायर मी नेपाल’को  हायर मी नेपाल डट कम  साइट संचालनमा ल्याएको छ। कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले आज साउन १ गते बिहीबार एक कार्यक्रमका बीच उक्त साइट सञ्चालनमा ल्याएका हुन् । रोजगारदाताले महंगोमा विज्ञापन गर्दा पनि चाहिएको जनशक्ति नपाउने तथा काम गर्न चाहने र पहुँच नहुनेले [&hellip;]</p>

काठमाडौं । नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा.लि. ले ‘हायर मी नेपाल’को  हायर मी नेपाल डट कम  साइट संचालनमा ल्याएको छ। कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले आज साउन १ गते बिहीबार एक कार्यक्रमका बीच उक्त साइट सञ्चालनमा ल्याएका हुन् ।

रोजगारदाताले महंगोमा विज्ञापन गर्दा पनि चाहिएको जनशक्ति नपाउने तथा काम गर्न चाहने र पहुँच नहुनेले समयमा रोजेको ठाउँमा रोजगार नपाउने बाध्यतालाई सहजीकरण गर्न नेशनल एकेडेमीले उक्त साइट सञ्चालनमा ल्याएको हो ।

हायर मी नेपाल डट कम साईटको माध्यमले रोजगारदाता कम्पनी, उद्योग, संस्था तथा रोजगार हुन चाहने जो सुकैले आफुलाई छुट्टै पासवर्ड लिएर रजिष्टर्ड गराउन सक्ने छन्। चाहिएको जनशक्ति खोज्ने, सम्पर्क गर्ने, च्याटको माध्यमले अन्तर्वार्ता गरी नियुक्ति लिन दिन समेत सकिने गरी सफ्टवेयर बनाईएको छ। यो साईट अहिलेलाई पूर्णत निशुल्क हुनेछ।

साइट प्रयोग गर्न सजिलोको लागि छिट्टै नै मोबाइल एप्लिकेशन समेत प्रयोगमा ल्याउने गरी कार्य भइरहेको छ। दुई वर्ष भित्र पाच लाख संस्था र व्यक्तिलाई यो साईटमा रजिष्टर्ड गराई न्यूनतम पचास हजार लाई रोजगारी दिलाउने गरी कार्यक्रम संचालन गरिएको कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले बताए ।

विदेशमा दक्ष जनशक्ति उत्पादन गरी आउट सोर्सिङ्ग माध्यमबाट कम्पनीहरुलाई उपलब्ध गराउने सिस्टम रहेको छ। नेशनल एकेडेमीले पनि सोही अवधारणामा तालिम केन्द्र संचालन गरी चाहिएको ठाउँमा दक्ष जनशक्ति परिपूर्ती गर्ने कार्यक्रम समेत ल्याउन थालेको अध्यक्ष भट्टराईले जानकारी गराए ।

कोरोना संक्रमण र लामो समयको लकडाउनको कारण विश्वका प्रत्येक देशमा लाखौं लाख मानिसले भइरहेको रोजगारी गुमाएका छन् भने लाखौं थप जनशक्ति रोजगारीको लागि तैयार हुँदै छन्। नेपालमा पनि उद्योग व्यवसाय बन्द भएको कारण तथा विदेशबाट बेरोजगार भई फर्केका समेत गरी न्यूनतम पच्चीस लाख मानिस लाई रोजगारी दिनु पर्ने चुनौती आइपरेको छ।

सरकारले आ.व. ०७७/७८ को बजेटमा योग्यता,सिप र क्षमता भएकालाई रोजगारी दिने उद्देश्यले स्थानिय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गर्ने र सो कार्यलाई सहजीकरण गर्न ‘श्रम सूचना बैंक’ को अवधारणा ल्याएको छ । तर राजनैतिक र प्रशासनिक अस्थिरताको कारण यो कार्यक्रमको प्रभावकारी संचालनमा विश्वास गरि हाल्ने अवस्था देखिदैन । सरकारको यही अवधारणामा काम गर्ने गरी नीजि स्तरबाट ‘हायर मी नेपाल’ प्रारम्भ गरिएको हो । यसले श्रम सूचना बैंकको कमीलाई पुरा गर्ने प्रयास गरेको छ।

Share News