काठमाडाैं उपत्यकामा एकैदिन थपिए ५४ जना कोरोना संक्रमित, अहिलेसम्मकै उच्च

  २०७७ असार २२ गते १६:२७     विकासन्युज

काठमाडाैं । साेमबार काठमाडौं उपत्यकामा एकैदिन ५४ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु काठमाडाैंकाे २४ जना, ललितपुरकाे २० जना  र भक्तपुरकाे १० जना रहेकाे गाैतमले बताए ।

हालसम्म उपत्यकाका काठमाडौंका १ सय ५४ जना, ललितपुरका ३९ र भक्तपुरका ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा देशभर १ सय ८० जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.