काठमाडौंको एक महिलामा पनि कोरोना देखियो, आज कुन जिल्लामा कति संक्रमित ?

  २०७७ जेठ ३० गते १७:२४     विकासन्युज


काठमाडौं । शुक्रबार काठमाडौंको एक महिलामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण अनुसार उनी सहित अन्य १४० जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उक्त प्रयोगशालामा गरिएको परिक्षणमा कूल १४१ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये बाराका एक पुरुष, धादिङ्गका एक पुरुष, धनुषाका एक पुरुष, नुवाकोटका एक पुरुष, रौतहटका ८६ पुरुष, काठमाडौंका एक महिला, सर्लाहीका ९ महिला र ४१ पुरुष रहेका छन् ।

शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पताल टेकुमा नवलपरासी पूर्वको ४ जना पुरुष, मोरङको एक पुरुष, धादिङ्गको दुई महिला र २५ पुरुष गरी जम्मा ३२ जनामा कोरोना देखिएको छ ।

त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २ पुरुष, झापाका ७ पुरुष गरी जम्मा ९ जनामा संक्रमण देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा महोत्तरीका १० पुरुष तथा भरतपुर अस्पताल प्रयोगशालामा चितवनका ८ पुरुष, पाटन अस्पताल प्रयोगशालामा धादिङका एक पुरुषमा कोरोना देखिएको छ ।

त्यसैगरी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३१ जनामा कोरोना देखिएको छ । जसमध्ये सप्तरीका १७ पुरुष, उदयपुरका ३ पुरुष, सिराहका ११ पुरुष रहेका छन् ।

कोशी अस्पताल प्रयोगशालामा इलामका एक पुरुष, झापाका ६ पुरुष, सुनसरीका एक महिला र ९ पुरुष गरी जम्मा १७ जनामा संक्रमण देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा पर्वतका १३ पुरुष, स्याङ्जाका २२ पुरुष, नवलपरासी पूर्वका एक पुरुष, तनहुका एक पुरुष गरी जम्मा ३७ जनामा कारोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

भेरी अञ्चल अस्पताल प्रयोगशालामा बर्दियाका २ महिला र १३ पुरुष, बाँकेको एक महिला गरी जम्मा १६ जना संक्रमित भएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १४ पुरुष, महोत्तरीका ६ पुरुष, सर्लाहीका ३ पुरुष गरी जम्मा २३ जना रहेका छन् । त्यस्तै, धुलिखेल अस्पतालमा कपिलवस्तुको एक महिला र तीन पुरुष, सर्लाहीको ४ पुरुष गरी जम्मा ८ जना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३ महिला, ५ पुरुष सहित ८ जनामा कोरोना देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा दैलेखका ५ महिला र ३३ पुरुष, सुर्खेतको २ महिला र ४३ पुरुष गरी जम्मा ८३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका २ पुरुष, गुल्मीका एक पुरुष, पाल्पाका एक पुरुष, प्युठानका २ पुरुष, रुपन्देहीका तीन महिला र १३ पुरुष नवलपरासी पश्चिमको एक महिला र एक पुरुष गरी जम्मा २४ जना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कूल ४ सय ४८ जनामा कोरोना भएको पुष्टि भएको छ । यससँगै, नेपालमा कोरोना संक्रमितको संख्या जम्मा ५ हजार ६२ पुगेको छ । हालसम्म ७२ जिल्लाका व्यक्तिमा काेराेना देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.