काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडी सस्तो नहुँदासम्म कर नघटाइने आशय व्यक्त गरेका हुन् । आगामी आर्थिक वर्ष २०७७/७८ को विनियोजन विद्येयक माथि उठेका प्रश्नको जवाफ दिँदै उनले विद्युतीय गाडीहरूकाे मूल्य सस्ताे नहुँदासम्म त्यसमा पुनरावलाेकन आवश्यक नभएको बताएका हुन् ।
‘विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक हो, गाडी कति सरल र कति सस्तो छ भन्ने कुरामा यो कुरा भर पर्छ, विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थभन्दा कम हुुनु पर्छ, तव मात्र त्यसलाई प्रोत्साहन गरिन्छ, उनले भने ।
सार्क मुलुकमा भन्सार महसुल ४० देखि ५० प्रतिशत रहेको बताउँदै उनले नेपालमा पनि सस्तो हुनु पर्ने बताए । विद्युतीय सवारी साधन सरल र सस्ताे किसिमले चलाउन पाउनु पर्ने उनको भनाई छ ।
नेपालको उर्जा विदुतीय गाडीमा मात्र खपत नगरेर औद्योगिक क्षेत्रमा पनि खपत अगाडि नबढुन्जेल गाडी मात्र कुदाएर नहुने उनकाे भनाई छ । उनले विद्युत बढी खपत गर्नको लागि उद्योगिक क्षेत्र बढाउनु पर्ने बताए ।
‘हामी सार्वजनिक यातायातलाई प्रबर्द्धन गर्ने नीतिमा छौं, त्यसैले त्यसका लागि आउने गाडीको भन्सार दर कायमै छ, त्यसमा हेरफेर गरिएको छैन, तर निजी प्रायोजनका लागि प्रयोग हुने सवारीको भन्सार दर त्यही १० प्रतिशत हुनुपर्छ भन्ने छैन, तर कति बनाउने भन्ने विषयमा छलफल गर्न सकिन्छ’ खतिवडाले भने।
यस्तै, उनले विभिन्न सहुलियत ऋणको लागि सरकारले बजेट मार्फत ३ खर्ब खर्च गर्ने बताए । विभिन्न सांसदहरुले आर्थिक पुनरुत्थानका लागि कम विनियोजन भएको प्रश्नमा उनले ३ खर्ब आर्थिक पुनरुत्थान र सहुलित ऋणमा छुट्याएको प्रष्ट पारे ।
प्रतिनिधि सभा बैठकका क्रममा अर्थमन्त्री युवराज खतिवडा
प्रतिनिधि सभा बैठकका क्रममा विद्युतीय सवारीका सम्बन्धमा बोल्नुहुँदै अर्थमन्त्री युवराज खतिवडा
Gepostet von Bikashnews.com am Dienstag, 9. Juni 2020