‘नयाँ मोडालिटी बनाएर लकडाउनलाई खुकुलो बनाइने’

  २०७७ जेठ २२ गते १४:५९     विकासन्युज

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारी(सीडीओ) हरुले लकडाउनलाई खुकुलो बनाउने जनाएका छन् । उनीहरुले नयाँ मोड्यालिटि बनाएर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउने जानकारी दिएको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् ।

नेपालका अध्यक्ष श्रेष्ठले बिहीबार तीनवटै प्रमुख जिल्ला अधिकारीहरु समक्ष कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरेका थिए । यी सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएका चेम्बरका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीहरुसँगको भेटमा उक्त सुझाव पेश गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.