सगुनले ९० लाख डलरको सेयर निष्काशन गर्ने, कम्तिमा ९ सय डलरको किन्न सकिने

  २०७७ जेठ १९ गते १२:५६     विकासन्युज


वासिंगटन डिसी । अमेरिकामा रहेका नेपालीहरुको एक समुहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुनले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निष्काशन गर्ने भएकाे छ । सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।

अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) ले केही समय अघि सगुनको विवरणपत्रलाई विक्रियोग्य तोकेको थियो । सगुनले यस चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई बिक्री गर्ने छ । सगुनको सेयरमा विश्वभर रहेका सर्वसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय डलरको) खरिद गर्न सक्नेछन् । कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निष्काशन गरेको हो ।

सगुनले सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आईपीओ प्रतिकित्ता २३ डलरका दरले निष्काशन गरेको थियो । त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए ।  पहिलो चरणमा लगानी जुटाएपछि सगुनले निकै फड्को मारेको छ । यसले मोवाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रौइडमा सोसियल स्मार्ट कार्ड तथा वेव व्राउजरहरुका लागि वेव एप्लिकेसन सार्वजनिक गरेको छ ।

‘हामी विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं । उहाँहरुले सगुनलाई फरक खालको अर्थपूर्ण सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नु भएको छ । उहाँहरुको सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्ध अबस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौं,’ सगुनका संस्थापक गोविन्द गिरीले भने, ‘हामीले सागुनलाई एउटा फरक खालको प्लेटफर्म निर्माण गर्न कडा मेहनत गरेका छौं । यसले विश्वभरका प्रयोगकर्ताको आवश्यकता र चासोलाइ पूरा गर्दछ । सगुनमा उनीहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन, सोसियल इकमर्समा समेत संहभागी हुनसक्नेछन् । यसमा खाता खोलेर विताएको समयका अधारमा आम्दानी पनि गर्न सकिन्छ ।’

उनले नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाई अझ धेरै मन पराएको बताए । उनले यी दुई मुलकका प्रयोगकर्ताले दिनमा २३ पटकभन्दा बढी सगुन खोल्ने गरेको जानकारी दिए । ‘सगुनका प्रयाेगकर्ताले दैनिक एक घण्टाभन्दा बढी समय यसमा खर्च गर्दछन्,’ उनले भने- ‘अरूले सुनाएकै अधारमा प्रयोगकर्ताको साप्ताहिक वृद्धिदर ३० प्रतिशत देखिएको छ । हामी विशिष्ट र सुरक्षित-ज्ञानमा आधारित सामाजिक अनुभवको खोजीमा रहेका प्रयोगकर्तालाइ यस संजालमा समेट्न सफल हुनेछौं भन्ने कुरामा हाम्रो बलियो र समर्पित टोली विश्वास गर्दछ ।’

‘रेज ए प्लस’ मिनी आइपिओ निस्कासनले सर्वसाधारणलाई स्टार्ट अप कम्पनीमा शेयर लगानी गरेर स्वामित्व हासिल गर्ने सुनौलो अवसर प्रदान गर्दछ। सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजिकरण र नियमनका लागि फण्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ ।

सगुनले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निष्काशन सीमित समयको लागि मात्र खुला रहनेछ। यस पटक सर्ब साधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको अधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुनका नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ ।

सगुनको सेयर खरिद गर्न इच्छुक  व्यक्तिले  https://www.sagoon.com/invest  मा गएर वा सगुन एपमा रहेको मिनि आईपीओ ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन्  । त्यहाँ सेयर बिक्री अह्वान पत्र पनि उपलब्ध छ। इच्छुक लगानीकर्ताहरूले लगानी गर्नुअघि उक्त अह्रवान पत्र (सर्कुलर) अध्ययन गर्नुपर्छ ।

सगुनका बारे

सागुन एक विस्तारको चरणमा रहेको सामाजिक वाणिज्य (सेसियल कमर्स) प्लेटफर्म हो । यसका वाशिगटन डीसी, नयाँ दिल्ली र काठमाडौंमा कार्यालयहरू रहेका छन् । कम्पनीका १८ जनाको टोली सदस्य, ५६ लाखभन्दा भन्दा बढी प्रयोगकर्ता र विश्वभर ४००० भन्दा बढि लगानीकर्ताहरू छन् । सगुन शब्द संस्कृत शब्द ‘शकुन’ बाट आएको हो, जसको अर्थ नेपालीमा ‘शुभ क्षण’ वा ‘भाग्य’ भन्ने हुन्छ।

सगुनको सेयरमा लगानी सम्बन्धि प्रस्ताव अमिरिकी धितोपत्र नियामक (एसइसी) मा पेश गरिएको छ । यस प्रस्ताव कथनलाइ एसइसीले सेयर विक्रियोग्य ताेकिदिएको छ । यसको अर्थ कम्पनीले प्रस्ताव विवरणमा उल्लेख गरिएको सेयर बिक्री गर्न सक्छ। एसईसीले यस प्रस्तावलाई अनुमोदन गरेको भने हाेइन ।

लगानी गर्न इच्छुकले सगुनकाे पत्र पढ्न यसमा  क्लिक गर्न सकिने छ ।

One comment on "सगुनले ९० लाख डलरको सेयर निष्काशन गर्ने, कम्तिमा ९ सय डलरको किन्न सकिने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.