डिजिटल बैंकिङः लकडाउनले ग्राहकलाई साक्षर बनायो

  २०७७ वैशाख ५ गते १८:१५     भारती पाण्डे

काठमाडाैं । अहिलेको युग प्रवधिको हो । यो प्रविधि हरेक क्षेत्रमा उत्तिकै आवश्यक छ । अझ बैंकहरुले त आफ्नो सेवा सहज तथा विस्तार गर्नको लागि प्रविधि अपरिहार्य छ । अहिले देश लकडाउनमा छ । यो लकडाउनको समयमा विभिन्न बैंकहरुले डिजिटल बैंकिङ प्रणालीलाई प्रवद्र्धन गरिरहेका छन् । लक्ष्मि बैंकले पनि ग्राहकको सेवाका लागि विभिन्न माध्यमबाट डिजिटल बैंकिङको प्रयोगलाई प्रोत्साहन गरिरहेका छौं ।

डिजिटल बैंकिङको प्रवद्र्धन गर्नका लागि हामीले विभिन्न च्यानलहरु प्रयोग गर्दै आइरहेका छौं । हामीले पहिले देखि नै डिजिटल बैंकिङ प्राथमिकता दिएर काम गर्दै आएको छौं । अहिले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड –१९)को कारण हाम्रो देश लकडाउनमा छ । आम सर्वसाधारणहरु घरभित्रै छन् ।

हाम्रा ग्राहकहरु घरभित्रै भएपनि हामीले उनीहरुलाई प्रदान गर्ने सेवाहरुमा भने कमि गरेका छैनौं । अहिले लकडाउनले उनीहरुलाई डिजिटल बैंकिङ चलाउन इच्छुक बनाएको छ । उनीहरु पहिलेको भन्दा बढी चासो राख्न थालेका छन् । यसका लागि हामीले पनि विभिन्न च्यानलहरुको प्रयोगमार्फ उनीहरुलाई डिजिटल बैंकिङ सिकाइरहेका छौं । र यसतर्फ आकर्षित गर्नका लागि सचेतना दिइरहेका छौं ।

हुन त पहिले पनि धेरै ग्राहकहरुले मोइबाल बैंकिङ लिएका थिए । उनीहरुमध्ये कमैले मात्र मोइबाल बैंकिङ प्रयोग गरेका थिए । अहिले भने त्यो प्रयोग गर्नेको संख्या बढेको छ । हामीलाई फोन अर्थात मेसेजमार्फत धेरै गुनासाहरु आउने गरेका छन् । उनीहरुका समस्या र जिज्ञासाहरुलाई अहिले पनि समाधान गरिरहेका छौं ।

अहिले पहिलेको भन्दा धेरै मोइबाल र इन्टरनेट बैंकिङका ग्राहक बढेका छन् । अझै पनि यो संख्या बढ्ने देखिन्छ । अझै पनि आधा जति ग्राहकले मात्र मोबाइल बैंकिङ प्रयोग गरिरहेका छन् । अहिलेको अवस्थामा पनि कार्ड धेरैले प्रयोग गर्छन् । नयाँ खाता खोल्ने बितिकै कार्ड लिने भएकोले सबैसँग कार्ड छ । मोइबाल बैंकिङको सुविधा र इन्टरनेटमार्फत धेरै काम गर्न सकिने भएकोले धेरैको आकर्षण अहिले मोइबाल र इन्टरनेट बैंकिङमा हुनु स्वभाविक हो ।

लकडाउनको समयमा रणनीति

अहिले लकडाउनको समयमा हामीले ग्राहकहरुलाई इमेल, एसएमएस पठाएर मोइबाल र इन्टरनेट बैंकिङ सम्बन्धि जानकारी दिइरहेका छौं । धेरै पहिले बैंकमा खाता खोलेका खाताहरु धेरै ग्राहकले अपडेट गर्नु भएको छैन । उहाँहरुलाई विभिन्न कुराहरु जस्तै मोबाइल नम्बर, इमेल अपडेट गर्नुहोस् भनेर मेसेज गरिरहेका हुन्छौं ।

कतिपयलाई त मेसेज नै जाँदैन । उनीहरुलाई पनि मोबाइल बैंकिङ सम्बन्धि जानकारी दिने गरेका छौं । धेरै ग्राहकहरु परम्परागत बैंकिङमै छन् । उनीहरुलाई नयाँ प्रविधिमा अभ्यस्त गराउने खालका रणनीति बनाएर डिजिटल बैंकिङतर्फ आकर्षित गराइरहेका छौं ।

लकडाउनमा बैंकिङ गतिविधि

पहिलेको जस्तो बैंकिङ गतिविधि अहिले छैन । देश लकडाउनमा भएकोले पनि बैंकहरु सुनसान नै छन् । तर, बैंकहरु अत्यावश्यक सेवामा पर्ने भएकोले बैंक खोलेर नै सेवा दिइरहेका छौं । बैकिङ एक्टिीभिटिज खासै नभएपनि मोबाइल बैंकिङ सम्बन्धि ग्राहकलाई जानकारी दिने लगायत अन्य आन्तरिक गतिविधीहरु भने गरिरहेका छौं ।

लकडाउनले आर्थिक गतिविधि नभएकोले पनि कारोबार धेरै छैन । ग्राहकले तत्काल तिर्नु पर्ने काममा बाहेक अन्य काममा मोइबाल बैंकिङ प्रयोग गरेका छैनन् । लकडाउनको समयमा बैंकिङ गतिविधि बढ्नै सक्दैन । दैनिक उपभोग्य वस्तु किन्न बाहेक अरु गतिविधी मोबाइल बैंकिङमार्फत भएको छैन ।

तर, मानिसहरुमा मोइबाल बैंकिङ चलाउनु पर्छ यो धेरै आवश्यक रहेछ भन्ने किसिमको मानसिकता वृद्धि भइसकेको छ । आशा छ लकडाउन खुलेपछि धेरै ग्राहकहरुले मोबाइल बैकिङ प्रयोग गर्नेछन् ।

डिजिटल बैंकिङमा विश्वसनियता

पछिल्लो समय डिजिटल बैंकिङमा ग्राहकको विश्वास पनि बढ्दै गएको छ । संसार भरि नै यही छ । नेपाली बैंकहरुले प्रयोग गर्ने प्रविधि पनि विश्वासिलो नै छ । प्रविधि परिवर्तन भइरहने चिज हो । नेपाली बैंकहरु अपडेटेड नै छन् । यसमा कुनै कम्प्रमाइज नै छैन । पहिलेदेखि नै यो प्रविधि प्रयोग गरिरहेको हुनाले त्यति समस्या त आउँदैन ।

तर, पनि मेरो टेक्नोलोजी एकदमै ठीक भन्ने कुरा कसैले पनि गर्नु हुँदैन । आउने दिनहरुमा प्रयोगकर्ता पनि बढ्दै गएपछि अवश्य पनि यसको विश्वसनियता पनि बढ्दै जान्छ । केही वर्षयता प्रविधिमा पनि धेरै सुधार र यसमा लगानी पनि बढ्दै गएको छ ।

बैंकहरुको डाटा पनि सुरक्षित नै हुन्छ । समय–समयमा आइएस अडिट हुन्छ । डाटाको सेक्युरिटी चेक गर्ने मुख्य त्यहि हो । त्यसमा बैंक रेगुलेटरहरु सुरक्षित भइसकेको अवस्था छ । अहिले लकडाउनको समयमा कार्डको प्रयोग घटेको छ । मोबाइल बैंकिङ बढेको छ । फागुनमा लक्ष्मी बैंकको एक लाख ६० हजार प्रयोगकर्ता थिए भने चैतमा मात्रै २ लाख २० हजार भन्दा माथि पुगेको छ । टपअप पेमेण्ट,अन्य इन्टरनेटको रिचार्ज गर्ने बढेका छन् ।

सानो रकमका ग्राहकलाई कसरी समेट्ने ?

आर्थिक कारोबारका लागि मोबाइल बैंकिङ सबैभन्दा सरल माध्यम हो । जहाँबाट पनि हामी यसको सहयोगले हाम्रो काम गर्न सक्छौं । अहिले अरु भन्दा पनि दैनिक उपभोग्य सामानको मात्र माग बढी हुन्छ । जुन पसलमा जाने हो त्यो पसलमा पनि त्यसको सेवा हुनुपर्छ । क्युआर सिस्टम आइसकेको छ । क्युआर पेमेण्ट गर्नुपर्छ । सानो सानो पसलमा क्यु आर पेमेन्ट राख्नु पर्छ । यसरी नै सामान खरिद गर्ने र बिक्री गर्ने दुवै जनाले यो प्रविधि प्रयोग गर्यो भने यो समस्या सहजै समाधान हुन्छ ।

मोबाइल बैंकिङमार्फत ग्राहकले धेरै का मगर्न सक्नुहुनेछ । जसले ग्राहकको खर्च कम हुन्छ । जस्तै बिजुलीको बिल तिर्न क्युआरहरु पेमेण्ट गर्न, प्लेनको टिकट काट्न, इन्टरनेटर, टि.भी., खानेपानी, इन्स्योन्स, कलेज लगायतका बिल तिर्न सकिन्छ । खासगरी लक्ष्मी बैंकको एपमार्फत फिक्स डिपोजिट पनि गर्न सक्नुहुनेछ ।

मोबाइल बैंकिङका विशेषता

मोबाइल बैंकिङबाट सबै काम गर्न सकिन्छ । ग्राहकले बैंकमा नै धाउनु पर्दैन । मोबाइल बैंकिङ पहिले थोरै बैंकमा थियो । अहिले सबैमा छ । बैंकले प्रयोगमा ल्याएका मोबाइल बैकिङबाट आफ्नै र अन्य विभिन्न बैंकहरुमा पैसा पठाउन सकिन्छ ।

त्यसबाट एनटिसी, एनसेल, क्रेडिट कार्डकाे बिल पेमेन्ट, वालेट टपअप, रिचार्जकार्ड खरिद गर्न, आफ्नो खाताको स्टेटमेन्ट हेर्न, साथै QR मार्फत मर्चेन्ट पेमेन्ट पनि गर्न सकिन्छ । मैले माथिउल्लेख गरेको मोवाईलबैंकिगको एउटा विशेषता भनेको हाम्रो मोबाइल बैकिङमार्फत फिक्स डिपोजिट पनि खोल्न सकिन्छ ।

चुनौती

प्रविधि सँग अभ्यस्त भएर काम गर्नुपर्छ । लकडाउनको समयमा केही रिक्स आउन सक्छ भन्ने कुरा पनि छ । तर, यसलाई कसरी भरपर्दो र सुरक्षित गर्न सकिन्छ भन्ने तर्फ पनि लाग्नु पर्छ । प्रविधिमा लगानी गर्न पनि आवश्यक छ । चुनाैती नलिँदासम्म माथि पुग्न सकिन्न ।

(लक्ष्मी बैंककाे रणनीति तथा बजार व्यवस्थापन प्रमुख भारती पाण्डेसँग विकासन्यूजका सन्ताेष राेकायाले गरेकाे कूराकानीमा आधारित) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.