गाँजाको खेतीलाई बैधानिकता दिँदा नेपालको जीडीपी ५ गुणाले बढ्छः उपाध्याय

  २०७६ फागुन २८ गते १९:३०     विकासन्युज

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले गाँजाको खेतीलाई बैधानिकता दिएर खेती गरे नेपाली अर्थतन्त्रको कायापलट हुने बताएका छन् । गाँजाको माग र उपयोगिता व्यापक भएकोले अन्तराष्ट्रिय बजारमा धेरै माग भएकोले यसको विक्री गरेर नेपालले धेरै फाइदा लिन सक्ने उनको भनाइ छ ।

गाँजाको नसालु उपयोगिताको मात्रै चर्चा गरेर प्रतिबन्ध लगाइएको भन्दै उनले यसको नियन्त्रित खेती खुल्ला गर्नुको विकल्प नभएको बताए । यसको प्रयोग व्यापक भएको तथा नेपालमा सहजै उत्पादन गर्न सकिने गाँजामाथि प्रतिबन्ध अनावश्यक रहेको उपाध्यायले बताए ।

‘गाँजाको उपयोगिता असाध्यै धेरै छ, नेपालमा अमेरिका, क्यानडा जस्ता देशबाट गाँजा प्रयोग भएका बस्तुहरु आयात भइरहेका छन्, नेपालमा भने गाँजा प्रतिबन्ध गरेर बसेका छौं, नेपालीले नेपाली अर्थतन्त्रको विशेषता नै बुझेनन्,’ इन्जिनियर समेत रहेका पूर्व सचिव उपाध्यायले भने ।

उनले गाँजा नसालु पदार्थभन्दा पनि नसा उतार्ने बस्तु भएको पनि दाबी गरे । सबै मानिसमा गाँजा तत्व हुने भन्दै उनले उसको थोरै सेवनले पनि धेरै प्रकारको रोग निको हुने पनि उनको दाबी छ ।

उपाध्यायसँगको विस्तृत अन्तर्वार्ताको लागि यहाँ क्लिक गर्नुहोला ।

गाँजाको डाँठबाट बनेको काठ स्टीलभन्दा १० गुणा हलुंगो र १० गुणा बलियो हुने प्रमाणित भएकोले त्यसमा पनि गाँजा प्रयोग हुने गरेको उपाध्यायले बताए । गाँजाको खेती खुल्ला गरेर सुरु गर्ने हो भने नेपालको अर्थतन्त्रको आकार ५ वर्षमा दोब्बर र १० वर्षमा ५ गुणाले बढ्ने उनको भनाइ छ ।

सम्बन्धित सामग्री

एक रोपनी जग्गा हुनेले वर्षमै करोड कमाउँछ: गाँजा खेतीबारे तामाङ र स्थापितको अन्तर्वार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.