नयाँ दिल्लीमा ‘भ्रमण वर्ष २०२०’काे प्रवर्द्धन

  २०७६ मंसिर २२ गते १६:४३     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘‘भ्रमण वर्ष २०२० तथा नाइस (नेपाल इण्डिया चाइना एक्सपो)’’ कार्यक्रम सम्पन्न गरेकाे छ । पाटाले यही डिसेम्बर ५ तारिखका दिन नयाँदिल्लीस्थित द पार्क होटलमा भारतका करिब ६० वटा प्रमूख ट्राभल व्यवसायी तथा सरोकारवालाहरुबीच प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको हाे ।

नेपाल भ्रमण वर्ष २०२० का प्रवन्धक रोहिणी खनालले भ्रमण वर्षको उद्देश्य, महत्व र प्राथमिकताहरुबारे प्रकाश पार्दै उपस्थित सबैमा भ्रमण वर्षमा सहभागि हुन र आ-आफ्नो कार्यक्षेत्र तथा नेटवर्कमार्फत भ्रमण वर्षको प्रवद्र्धनमा सहयोग गर्न आब्हन गरेका छन् । त्यसैगरी, पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले भ्रमण वर्षको सन्दर्भमा पाटा नेपालद्धारा आयोजना गरिने कार्यक्रमहरु विषेशगरी नाइस कार्यक्रमको संरचना, तयारी र नेपाल भारत र चीन छिमेकी मुलुकहरुको दिगो पर्यटन विकासका लागि यस कार्यक्रमले खेल्ने महत्वपूर्ण भूमिकाबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बोल्दै पाटा अन्तर्राष्ट्रियका सीईओ डा मारियो हार्डीले पाटाले विश्वकै दिगो विकास प्रवद्र्धनका लागि सहकार्य तथा समन्वयमा जोड दिइरहेको परिवेशमा नेपालद्धारा आयोजना गरिने नाइस कार्यक्रम अत्यन्त सराहनिय भएको बताएका छन् । उनले विश्वका केही मुलुकहरु ‘‘ओभर टुरिजम’’ र कतिपय मुलुकहरु ‘‘अण्डर टुरिजम’’ अवस्था अनुभूति गरिरहेको बेला दिगो पर्यटन विकासका लागि पर्यटकहरुको सन्तुलित वितरण आवश्यक हुने बताउँदै पाटाले विभिन्न मुलुकहरु तथा पाटा च्याप्टरहरुबीच बढी भन्दा बढी सहकार्य र समन्वयलाई जोड दिइरहेको बताए ।
पाटा इण्डियाका कार्यकारी निर्देशक रुनिप साँघाले पाटा इण्डिया च्याप्टरले रणनीतिक साझेदारको रुपमा नाइस कार्यक्रमका लागि सक्दो सहकार्य तथा सहयोग गर्ने बताए ।

कार्यक्रममा भारतमा साहसिक पर्यटनमा चिर परिचित व्यक्तित्व तथा नाइस एम्बेसडर अजित बजाजले हिमालय पर्यटन क्षेत्रका प्रमुख संरक्षक राष्ट्रहरु (नेपाल भारत र चीन) लाई पर्यटन क्षेत्रमा एकतृत एवम् एकबद्ध गरी यो क्षेत्रकै दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने नाइस कार्यक्रम एक प्रशंसनीय पहल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.