पोखरामा ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम सम्पन्न, ६६ युवा पर्यटनकर्मी सहभागी

  २०७६ साउन २६ गते ११:५७     विकासन्युज


काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन(पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्डको सहकार्यमा अगष्ट ९ र १० मा ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम तथा कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । पोखरास्थित गेट भोकेशनल फ्याब स्कुलमा आयोजित कार्यक्रममा ६६ जना युवा पर्यटनकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

पाटा नेपालले तालिम कार्यक्रम संचालनका लागि थाईल्यान्डस्थित विनिङ्ग एड्जका प्रबन्ध निर्देशक डा. बर्ट भान वालबिक लाई नेपाल आमन्त्रण गरेको थियो । कार्यक्रमलाई क्षेत्रीय होटल ब्यवसायी संघ चितवन, कैलाश ग्रुप नेपाल र गेट भोकेशनल फ्याब स्कुलले ह्स्पिट्यालिटी पार्टनर र बुद्ध एयरले एयरलाइन्स पार्टनरको रुपमा प्रायोजन तथा सहयोग गरेका थिए ।

‘माईस टुरिज्म’ तथा ‘स्पेशल इन्टेरेस्ट टुरिज्म’को प्रवर्धन र बिक्री सम्बन्धी आवश्यक जागरुकता, ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने प्रमुख उद्धेश्यका साथ आयोजित कार्यक्रममा सहभागीहरुलाई पर्यटकहरुको आवश्यकता र बजारक्षेत्र अनुरुप प्याकेज निर्माण गर्ने बारे जानकारी गराइएको थियो ।

साथै प्रोडक्ट एवम् गन्तब्यलाई निरन्तर रुपमा गर्वका साथ दिगो एवम फाईदाजनक तवरबाट प्रबर्धन एवम् बिक्री गर्न सहभागी आफैले कार्यान्वयन गराउन र नतिजाहरु मुल्याङ्कन गर्न सक्ने आवश्यक विधि, उपकरणहरु र रणनीतिहरुबारे प्रशिक्षण गराइएको थियो ।

कार्यक्रमका प्रशिक्षक डा बर्ट भान वालबिकले कुनैपनि पर्यटक होटल, एयरलाइन्स, रेस्टुरेण्ट, ट्राभल एजेन्सी वा अन्य कुनै सेवा प्रदायकले होईनस बरु गन्तब्यको आकषणले आफ्नो यात्रा कार्यक्रम निर्धारण गर्ने बताए । नेपाल गन्तब्य प्रबर्धनका निम्ति सबै एकिकृत भई अघि बढेमा भ्रमण बर्ष २०२० ले पनि अपेक्षित उपलब्धि प्राप्त गर्न सक्ने धारणा ब्यक्त गरे ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिक्रित सुरेशसिहं बुडालले सहभागीहरु, सहयोगी संस्था एवम् प्रयोजकहरुलाई धन्यवाद ब्यक्त गर्दै सहभागीहरुलाई पाटा नेपालको भावी कार्यक्रमहरु तथा अभियानहरुमा सहभागी हुन आमन्त्रण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.