सीईओ र सञ्चालक हुन उमेर हद तोकियो, सीईओको ६५ वर्ष र सञ्चालकको ७० वर्ष

  २०७६ साउन २० गते १९:५२     विकासन्युज


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरु(सिइओ) उमेर हद तोकेको छ । राष्ट्र बैंकले सोमबार एकीकृत कार्यबिधि संसोधन गर्दै उमेर हद तोकेको हो ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार ६५ वर्ष उमेर नाघेको व्यक्ति सीइओ नियुक्तिका लागि योग्य हुने छैनन र ६९ वर्ष पुगेपछि सो पदमा रहन योग्य हुँदैनन् ।

त्यसैगरी, राष्ट्र बैंकले बैंक सञ्चालक हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ । ७० वर्षअघि नै सञ्चालक निर्वाचित भए ७४ वर्ष पुगेपछि पद त्याग्नु पर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.