लेखापरीक्षकहरुलाई अर्थमन्त्रीले भने-‘बाहिर जे छ, भित्र पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्’

<p>काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक इमानदारीलाई अक्षुण राख्दै लेखापरीक्षकहरूले यथार्थपरक प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिएका छन् । वित्तीय सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले लेखापरीक्षण प्रतिवेदन वास्तविक र यथार्थपरक हुनैपर्ने अपरिहार्यता औँल्याए । नेपाल चार्टर्ड एकाउण्टेटस् संस्था (आइक्यान)ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले वास्तविकताभन्दा बाहिर गएर लेखापरीक्षकले कुनैपनि संस्थाको वित्तीय स्वास्थ्य [&hellip;]</p>


काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक इमानदारीलाई अक्षुण राख्दै लेखापरीक्षकहरूले यथार्थपरक प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिएका छन् ।

वित्तीय सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले लेखापरीक्षण प्रतिवेदन वास्तविक र यथार्थपरक हुनैपर्ने अपरिहार्यता औँल्याए ।

नेपाल चार्टर्ड एकाउण्टेटस् संस्था (आइक्यान)ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले वास्तविकताभन्दा बाहिर गएर लेखापरीक्षकले कुनैपनि संस्थाको वित्तीय स्वास्थ्य ‘जे हो त्यही नभने’ गम्भीर दुर्घटना हुने बताए ।

“बाहिर जे छ, भित्र पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्” पेशागत मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै उनले भने । वित्तीय साक्षरता कायम गर्ने सरकारी नीति कार्यान्वयनमा सघाउन नियामक निकाय आइक्यानलाई आग्रह पनि गरे ।

मूल्यअभिवृद्धि कर (भ्याट) लगायत आर्थिक ऐनले निर्धारण गरेका कर सङ्कलनसम्बन्धी अव्यावहारिक प्रावधान भए छलफल गर्न आफू तयार रहेको मन्त्री खतिवडाले बताए ।

Share News