सगरमाथा इन्स्योरेन्सको साधारण सभाले पारित गर्यो ८६ प्रतिशत बोनश सेयर दिने प्रस्ताव

  २०७६ असार १३ गते १७:५४     विकासन्युज


काठमाडौ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८६ प्रतिशत बोनश सेयर दिने भएको छ । शुक्रबार सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट बोनश सेयर दिने प्रस्ताव पारित भएको हो । उक्त ईन्स्योरेन्स कम्पनीले ८० भन्दा बढी शाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

कम्पनीले फायर इन्स्योरेन्स, मोटर इन्स्योरेन्स, म्यारिन इन्स्योरेन्स, एभियसन इन्स्योरेन्स, माईक्रो इन्स्योरेन्स, ईन्जिनियरिङ इन्स्योरेन्स, मनी इन्स्योरेन्स शीर्षकमा बीमा गराउँदै आएको छ । यस्तै, लायबलिटी इन्स्योरेन्स, एक्सीडेन्टल इन्स्योरेन्स, मिस्चीलिनिअस इन्स्योरेन्स, बैंकर्स ब्लाङ्केट इन्स्योरेन्स, हाउस होल्ड पोलिसी, थेप्फट बल्गरी इन्स्योरेन्स र ट्राभल मेडिकल इन्स्योरेन्स शीर्षकमापनि कम्पनीले बीमा सेवा दिँदै आएको छ ।

कम्पनीको १ करोड १२ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छ । बिहीबार बजार बन्द हुँदा सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रति कित्ता ६ सय १३ रुपैयाँ छ । कम्पनीका संचालक समिति अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा सम्पन्न भएको वार्षिक सधारण सभामासोही कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायत सञ्चालकहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.