शिवम् सिमेन्टसले कमायाे एक अर्ब नाफा, गत वर्षको भन्दा १३ प्रतिशत बढी

  २०७६ वैशाख ३० गते १२:५०     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टस् कम्पनीले चालु आवको ९ महिनामा एक अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा १३.०६ प्रतिशत बढी हो । कम्पनीले गत आवको सोही अवधिमा कूल ९३ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, सेयर प्रिमियम ९४ करोड रुपैयाँ र रिर्टेन्ड अर्निङ ३ अर्ब ४४ रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म कम्पनीले ८ अर्ब ३७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन पुस मसान्तको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो । त्यस्तै, बिक्री लागत ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३२.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११९.८८ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर कूल सम्पत्तिको मूल्य ३०२.८७ रुपैयाँ र तरलता अनुपात १.७४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.