बजारको समस्या समाधान, साँझ ६ बजेसम्म सेयर कारोबार हुने

  २०७५ चैत १३ गते १६:४५     विकासन्युज

काठमाडौं । बुधबार ब्रोकर प्रणालीमा देखिएको समस्याको समाधान भई सेयर कारोबार शुरु भएको छ । उक्त समस्या समाधान भएसँगै बुधबार साँझ ६ बजेसम्म सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

बुधबार कारोबार खुलेको करिब साढे २ घण्टा पछि ब्रोकरले कारोबार गर्ने प्रणालीमा समस्या देखिएको थियो । उक्त समस्याले गर्दा कारोबारका लागि निर्धारित समय ४ घण्टा मध्ये झण्डै एक घण्टा २० मिनेट कारोबार भएको थिएन ।

हालै सो समस्या समाधान भएकाले ४ः४० देखि ६ बजेसम्म(अर्थात कारोबार हुन नसकेको समय थप गरी) पुनः कारोबार शुरु गर्न नेप्सेका प्रवक्ता मुरहरी पराजुलीले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.