एनसीसी र चारवटा विकास बैंक मर्ज हुन नेपाल राष्ट्र बैंकले दियाे अन्तिम स्वीकृति

  २०७३ मंसिर १९ गते १७:५३     विकासन्युज

ncc-bankकाठमाडौं, १९ मंसिर । एनसीसी बैंकसँग चार वटा विकास बैंक मर्ज गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । आइतबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले एनसीसी, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकको मर्जरलाई प्रक्रियालार्इ अन्तिम स्वीकृति दिएको राष्ट बैंक स्राेतले बतायाे ।

यी बैंकहरुले गत साउन १७ गते मर्जरका लागि अनुमति माग्दै नेपाल राष्ट्र बैंकमा निवेदन दिएका थिए । कात्तिक एक गतेदेखि नै संयुक्त कारोबार गर्ने लक्ष्यसहित अघि बढेको भएपनि नेपाल राष्ट्र बैंकले मर्जरका लागि अनुमति नदिएपछि ढिला हुँदै आएको थियो ।

मर्जपछि बैंकको नाम नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंक नै रहनेछ भने लोगो परिवर्तन गरिनेछ । । मर्जपछि एनसीसी बैंकबाट ४ जना, चारवटा विकास बैंकबाट एक/एक जना र एक जना विज्ञ सञ्चालक नियुक्त हुनेछन् ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा चार वटा विकास बैंक मर्ज हुँदा चुँक्ता पुँजी ४ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.