एचएच बजाजको नयाँ शोरुम नवलपरासीको बर्दघाटमा

<p>काठमाडौं । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम बर्दघाट ४ नवलपरासीमा संचालनमा ल्याएको छ । नेपालमा सबैभन्दा बढि बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । कम्पनीले आफ्नो गुणस्तरिय सेवा बिस्तारको क्रममा बस्याल अटोमोवाइल [&hellip;]</p>

काठमाडौं । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम बर्दघाट ४ नवलपरासीमा संचालनमा ल्याएको छ । नेपालमा सबैभन्दा बढि बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।

कम्पनीले आफ्नो गुणस्तरिय सेवा बिस्तारको क्रममा बस्याल अटोमोवाइल प्रालि बर्दघाटमा संचालनमा ल्याएको हो ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ ।

कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी बर्दघाट ४ नवलपरासीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले बर्दघाटमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएका छौ, भोलीको दिनमा अझ हाम्रो सेवालाई परिष्कृत गर्दै लाने प्रतिबद्ध ब्यक्त गछौं ।’

नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

Share News