लुम्बिनी इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता

<p>काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठबीच उक्त सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट कम्पनीको बीमा सम्बन्धी सम्पूर्ण सेवा लिन सकिने बैंकले जानकारी दिएको छ । कम्पनीको [&hellip;]</p>

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठबीच उक्त सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट कम्पनीको बीमा सम्बन्धी सम्पूर्ण सेवा लिन सकिने बैंकले जानकारी दिएको छ ।

कम्पनीको बीमा योजना बिक्री गर्ने एवं बीमीतहरुलाई छिटो छरितो तथा भरपर्दो सेवा पुर्याउने उद्देश्यले सो सम्झौता भएको कम्पनीले जनाएको छ ।

 

Share News