पार्क संरक्षणमा जनता बैंकको सहयोग, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

<p>काठमाडौं । काठमाडौ महानगरपालिका वडा नं. ३२, महादेवस्थानमा रहेको मदनभण्डारी स्मृति बाटिकाको संरक्षण जनता बैंक नेपालको सहयोगमा गरिने भएको छ । उक्त सहयोग पहिलो चरणमा आगामी एक बर्ष सम्मको लागि हुने गरि यस बैंक र वाटिका संरक्षण समितिबिच संझौता भएको छ । स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक [&hellip;]</p>

काठमाडौं । काठमाडौ महानगरपालिका वडा नं. ३२, महादेवस्थानमा रहेको मदनभण्डारी स्मृति बाटिकाको संरक्षण जनता बैंक नेपालको सहयोगमा गरिने भएको छ । उक्त सहयोग पहिलो चरणमा आगामी एक बर्ष सम्मको लागि हुने गरि यस बैंक र वाटिका संरक्षण समितिबिच संझौता भएको छ ।

स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्य गर्ने यस बैंकको नीति अनुरुप उक्त वाटिकाको दैनिक सरसफाई, रेखदेख र संरक्षणको लागि सहयोग गरिएको हो ।


काठमाडौं महानगरपालिका वडा नं. ३२ एबं उपत्यका विकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको उक्त बाटिका प्रधानमन्त्री के.पी. शर्मा ओलीले बुधबार उद्घाटन गरेका थिए ।

Share News