बच्चा जन्मिएको एक महिनामा जीवन बीमा हुने , स्थायी अशंक्त भए सबै बीमा शुल्क मिनाह

<p>काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले नववर्ष २०७५ को अवसर पारेर आफ्ना ग्राहकहरुको लागि “मेरो मुटु बाल जीवन बीमा” योजना ल्याएको छ । एक महिनाको उमेरदेखि नै बच्चाको बीमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकै साथ हुनु यस योजनाको सौन्दर्य हो । यस योजनाले बच्चाको दीर्घकालीन आर्थिक सुरक्षा तथा बचतको आस्वस्थता प्रदान [&hellip;]</p>

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले नववर्ष २०७५ को अवसर पारेर आफ्ना ग्राहकहरुको लागि “मेरो मुटु बाल जीवन बीमा” योजना ल्याएको छ । एक महिनाको उमेरदेखि नै बच्चाको बीमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकै साथ हुनु यस योजनाको सौन्दर्य हो । यस योजनाले बच्चाको दीर्घकालीन आर्थिक सुरक्षा तथा बचतको आस्वस्थता प्रदान गर्नेछ ।

यस योजनाको अन्य विशेषता भनेको, परिपक्वतामा पाइने सुविधाहरुका साथै बीमा अवधि भरी प्रस्तावकको कुनै पनि कारणले मृत्युवा दुर्घटनामा परी स्थायी अशक्तता भएमा सो घटना पश्चातको बाँकी सबै बीमा शुल्क मिनाहा हुनुका साथै बीमांक रकमको १ प्रतिशतको दरले हुन आउने रकम आयको रुपमा बीमा अवधी भरी हरेक महिना प्रदान गरिने छ जसले गर्दा बच्चाको भविष्य निर्माणमा विशेष मद्दतपुग्ने कम्पनीले जनाएको छ ।

यस बीमा योजनाको सञ्चालनसँगै कम्पनीले जम्मा ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ र निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको जनाएको छ ।  रिलायन्स लाईफ इन्स्योरेन्स लि. सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो जसको कूल पूंजी रु.२ अर्ब १० करोड र चुक्ता पूंजी रु.१ अर्ब ४७ करोड रहेको छ ।

Share News