शिक्षामा प्रविधिको प्रयोग र यसले दिने लाभ

<p>काठमाडौं । गुरुकुल शिक्षा प्रणाली हुदै विकास भएको नेपाली शिक्षा प्रणाली २१ औं शताब्दीमा प्रवेश गर्दा अपेक्षिकृत परिवर्तन हुन सकेको छैन । त्यसमा पनि सूचना प्रविधिको प्रयोग कम छ । अझै पनि अधिकांश सरकारी तथा निजी विद्यालयहरुले सूचना र प्रविधिको प्रयोग कम गरिरहेका छन् । त्यसो त विकसित प्रविधिको प्रयोग गरेर नेपाली विद्यार्थी र अभिभावकलाई [&hellip;]</p>

काठमाडौं । गुरुकुल शिक्षा प्रणाली हुदै विकास भएको नेपाली शिक्षा प्रणाली २१ औं शताब्दीमा प्रवेश गर्दा अपेक्षिकृत परिवर्तन हुन सकेको छैन । त्यसमा पनि सूचना प्रविधिको प्रयोग कम छ ।

अझै पनि अधिकांश सरकारी तथा निजी विद्यालयहरुले सूचना र प्रविधिको प्रयोग कम गरिरहेका छन् । त्यसो त विकसित प्रविधिको प्रयोग गरेर नेपाली विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न सफल सार्वजनिक तथा निजी विद्यालयलहरु पनि प्रशस्त छन् ।

कस्तो प्रविधि

विश्वको प्राय देशमा बाल मनोविज्ञान सुस्म रुपमा बुझेर उनीहरुलाई रमाईलो बातावरणमा शिक्षा प्रदान गर्ने अभ्यास भईरहेको छ । आधुनिक शिक्षण विधिमा कम्प्युटर, मल्टिबोर्ड, प्रोजेक्टरबाट पठन पाठन सुरु भैसकेको छ । साथै, एप तथा सफ्टवेयरको प्रयोगबाट अध्ययान अध्यायपन गर्ने अभ्यास पनि बढ्दै गएको छ ।

प्रविधिको प्रयोगले शिक्षक शिक्षिकालाई बढाउन सजिलो भएकै छ । साथै, पढाईमा विद्यार्थीको रुचि पनि बढेको हुन्छ । विद्यार्थीको प्रस्तुतीलाई सजिलो बनाएको हुन्छ । कितावी विषयबस्तु बाहेकका विषयमा अध्ययन गर्न, पढाईको क्रममा शिक्षक/शिक्षिकाले गरेको सिर्जना, विद्यार्थीहरुले गरेको सिर्जनालाई सुरक्षित राख्नु, पुन प्रयोगमा ल्याउन, अरुलाई सिकाउन सजिलो बनाएको छ ।

‘कम्प्यूटर, माल्टिबोर्ड, प्रोजेक्टर जस्ता प्रविधिमा आधारित साधनहरुको प्रयोगले पढाई र बुझाईलाई मात्र सहज गरेको छैन, सिर्जनात्मक क्षमता विकास र सशक्त प्रस्तुतिलाई धेरै सहयोग गरेको छ’ सौगान मन्टेश्वरीका प्रिन्सिपल राज्यलक्ष्मी बैदार

भन्छिन्–‘विश्वजगतमा भईरहेको नयाँ विकासको खोज, नयाँ शिक्षण विधिको प्रयोग, प्रभावकारी शिक्षा प्रदान गर्नको लागि प्रविधिको प्रयोग अनिवार्य भएको छ ।’

विद्यालय वा विश्वविद्यालयका शिक्षण विधिको साथै शिक्षण संस्थाका सबै किसिमका गतिविधिलाई सूचना प्रविधिको प्रयोगले सजिलो बनाएको छ । विद्यार्थी, शिक्षक÷शिक्षिका, स्कूल व्यवस्थापनका कर्मचारी, अभिभावक सबैको लागि प्रविधिको प्रयोगले अनिवार्य बन्दै गएको छ ।

शैक्षिक संस्थाहरुलाई लक्षित सफ्टवेयर निर्माण गर्दै आएको भारतको ‘इ–शिक्षा’ कम्पनीसँगको सहकार्यमा प्रभु म्यानेजमेन्ट कम्पनीले प्रदान गर्दै आएको सफ्टवेयर एउटा उदाहरण हो ।

यो सफ्टवेयर प्रयोगपछि स्कूलका सबै गतिविधिको रेकर्ड, अनुगमन, हिसाव तथा भुक्तानी अनलाईन सहज हुन्छ । ‘सफ्टवेयरको प्रयोगपछि स्कूलका सबै गतिविधि डिजिटलाईजेशन हुनेछन्’ प्रभु म्यानेजमेन्टका कार्यकारी अध्यक्ष कुशुम लामाले भनिन्–‘संस्थाको आयव्याय, विद्यार्थी, शिक्षक, कर्मचारीको हाजिर, विद्यार्थीको गृहकार्य, उनीहरुका गतिविधि सबै शैक्षिक संस्थाको कार्यकारी प्रमुखले अनलाईन तथा मोवाईल एप्सबाट हेर्न र अनुगमन गर्न सक्छन् ।’

विद्यालयले लिने परीक्षा, परीक्षाको नतिजा, प्रमाणपत्र वितरण तथा शैक्षिक सामाग्री वितरणको जनाकारी एप्सबाटै हेर्न सकिने छ । ‘छोरा छोरी कहाँ छन्, स्कूलको बस कहाँ छ भनेर अभिभावकले मोवाईबाटै जानकारी लिन सक्छन्, स्कूलमा तिर्नु पर्ने फि अनलाईनबाटै भुक्तानी गर्न सकिन्छ’ लामाले भनिन्–‘विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी सबैलाई यो सफ्टवेयर लाभदायक छ ।’

ई शिक्षाले शिक्षक, विद्यार्थी, अभिवावक र विद्यालय व्यवस्थापनलाई एउटै दायरामा समेट्छ । जुनसुकै विद्यार्थी शिक्षकको अवस्था एउटा मोबाइलबाटै सजिलै हेर्न सकिन्छ । कुन विद्यार्थीका ग्रेड कति हो ? उसको व्यक्तिगत विवरणदेखि शैक्षिक विवरण सजिलै पत्ता लगाउन सकिन्छ । एउटा अभिवावकले आफ्नो छोराछोरी विद्यालयमा छन् या बाटोमा छन् । कुन दिनमा विद्यालय गयो, कुन दिन विद्यालय गएन्, कुन शिक्षक विद्यालय आयो, कुन आएनन्, छोराछोरीले दिनमा कति विषय अध्ययन गरे यी सबै कुराको जानकारी ई शिक्षाले दिने बताउँछन् प्रभु म्यानेजमेन्टका प्रबन्धक गणेश घिमिरे । उनका अनुसार इशिक्षाबाट निम्न लाभ लिन सकिन्छ ।

विद्यार्थी म्यानेजमेन्ट
विद्यालयमा कति सेक्सन छन् । विद्यार्थीलाई म्यानेजमेन्ट कसरी गर्ने भन्ने विषयमा जानकारी प्रदान यस एप्सले गर्दछ । कुन विद्यार्थीको ग्रेड कुन हो । कति कक्षामा अध्ययन गर्दैछ । रोल नम्बर कति हो । कुन ठाउँदेखि विद्यालय अध्ययन गर्न आउँछ । अभिभावकको नाम थर ठेगाना इत्यादी सजिलै थाहा पाउन सकिन्छ ।

विद्यार्थी अभिवावक र शिक्षक
यस एप्स शिक्षक विद्यार्थी र अभिभावकले आफूलाई चाहिने जानकारी लिन सक्छन् । एउटा अभिभावकले आफ्नो बालबालिको लागि कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरा यसमा समेटिएको हुन्छ । यसैको प्रयोगबाट शिक्षक विद्यार्थी र अभिभावको सम्बन्धलाई सन्तुलित राख्न मद्धत गर्छ ।

ह्युमर रिसोर्स एच आर
विद्यालयमा कति जनशक्ति रहेका छन् । कति जना शिक्षक कतिजना सुरक्षा गार्ड, कति जना लाइब्रेरियन इत्यादी सबै पक्षको जानकारी समेटिएको हन्छ ।

ई हाजिरी
यसबाट विद्यालयमा शिक्षक र विद्यार्थीको हाजिरीबारे सजिलै थाहा पाउन सक्नेछ । यसको प्रयोग शिक्षक तथा व्यवस्थापन समितीले प्रयोग गर्न सक्दछ । यो प्रणाली बेलबारी नगरपालिका मोरङका विद्यालयहरुले सुरु गरिसकेका छन् ।

लाइब्रेरी
विद्यालयमा पुस्तक कति छन् । पुस्तकालयको प्रयोग विद्यार्थीले कसरी गरिरहेका छन् । कुन विद्यार्थीले कुन मितिमा पुस्तक लगेको र कुन मितीमा फिर्ता गर्नुपर्ने हो ? या फिर्ता गर्यो गरेन यी सबै कुराको अवस्थाको बारेमा जानकारी लिन सकिन्छ ।

सर्कुलर
पाठ्यक्रमको बारे जानकारी दिन यस एप्सको प्रयोग गरिन्छ । भोलि कुन विषयमा कति पढाई हन्छ । विद्यार्थीले तयारी कति गर्ने भन्ने विषयमा जानकारी दिन यसको प्रयोग गरिन्छ । विद्यार्थीलाई गृहकार्य दिनको लागि पनि यो उपयुक्त रहेको हुन्छ ।

अनलाइन रिर्पोट एण्ड एकाउन्टिङ
प्रत्येक अभिावकले आफ्नो छोराछोरीको शैक्षिक शुल्क यसको प्रयोगबाट थाहा पाउन सक्छन् । साथै ई मोबाइल बैकिङ सेवाबाट सजिलै विद्यालयको बिल तिर्न सक्छन् । यसको लागि विद्यालय गैराख्नु पर्ने झन्जटबाट सबै अभिवावक मुक्त हुन्छन् ।

होस्टल
होस्टलमा बस्ने विद्यार्थीले खाना प्रणाली बारेमा यस एप्सको प्रयोग गरिन्छ । आजको खाना के हो, आज खाना कतिबजे खाने लगायत होस्टलको विविध पक्षबारे चर्चा गरिएको हुन्छ । साथै अभिवावकले पनि बालबालिकाले कस्तो खाना खाइरहेको छ भन्ने कुरा यसै एप्सबाट जानकारी लिन सक्छन् ।

यातायात
एउटा अभिभावक पोखरामा बसेर काठमाडौंमा अध्ययन गरिहेका बालबालिकाको कुन स्थानमा रहेको छ । गाडी कुन स्थानमा आइपुग्यो, कति बेला विद्यालयबाट छुट्यो र कतिबेला घरमा आइपुग्यो भनेर सजिलै लिन सक्छ ।

शुल्क
विद्यालयले कुन शिर्षक कति महसुल निर्धारण गरेको त्यसको विवरण प्राप्त गर्न यस एप्सको प्रयोग गरिन्छ । विशेषगरी अभिवावकहरुले यसैमार्फत विद्यादयको शुल्कबारे जानकारी लिन सक्नेछन् । बालबालिकाको फि कहिलेसम्म तिर्ने र कति तिर्ने भन्नेबारे यसबाट जानकारी लिन सकिन्छ ।

ग्यालरी
विद्यालयमा हुने वार्षिक उत्सव, सास्कृतिक कार्यक्रम लगायत सम्पुर्ण क्रियाकलापको फोटो यसबाट हेर्न सकिन्छ । विद्यालय भवन कति तले रहेको छ । भवनको अवस्थादेखि लिएर सम्पुर्ण किसिमको भौतिक पुर्वाधारको दृष्य यस एप्सको प्रयोग गरी हेर्न सकिन्छ ।

अहिले ई शिक्षा १० वटा सरकारी विद्यालयहरुले प्रयोग गरिरहेको प्रभु म्यानेजमेन्टका म्यानेजर गणेश घिमिरेले जानकारी दिए । ई शिक्षा प्रयोग गर्नेहरुमा दाङको रजना माध्यमिक विद्यालय, काठमाडौंको निस्ट लोयर, अपर, बुढानिलकण्ठ लगायत रहेका छन् । हाम्रो विशेष लक्ष्य भनेको सरकारी विद्यालय हो, निजी विद्यालयले पनि यसको प्रयोग गर्न सके अझै शिक्षा क्षेत्रमा आधुनिकरण हनेछ, घिमिरेले भने यसो हुन सकेमा सरकारले पनि यसबाट लाभ लिन सक्छ ।

यस ईशिक्षाबाट सरकारले शिक्षा क्षेत्रमा लागू गरेको मापदण्ड कार्यन्वयन हुने देखिन्छ । कुन विद्यालयले कति शुल्क लिइरहेका छन् । त्यसको पनि यसले मनिटरिङको काम गर्छ । मनपरी शुल्क लिने विद्यालयहरुलाई यस शिक्षाले नियन्त्रण गर्नुको साथै शिक्षालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सकिन्छ ।

स्कूल तथा कलेजहरुको आर्थिक कारोबार तथा डिजिटल भुक्तानीका लागि प्रभु म्यानेजमेन्टको कम्पनीले प्रभु बैंकलाई बैकिङ पार्टनर बनाएको छ । प्रभु बैंकमा बैकिङ कारोबार गर्ने शैक्षिक संस्थालाई सफ्टवेयर निःशुल्क दिदै आएको छ । बैंकले नाफा गर्न नभई सामाजिक उत्तरदाहित्वको रुपमा इशिक्षा सेवा सञ्चालन गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

‘यो सेवाले समय र लागत दुबै बचत हुन्छ । प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्न, प्रविधि प्रयोगको बानी विकास गराउन पनि सहयोग गर्छ । त्यसैले नाफालाई कम प्राथमिकता दिएर स्कूलहरुलाई न्यूनतम शुल्कमा यो सेवा दिनेछौं’ शेरचनले भने ।

Share News