काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसै सिलसिलामा ‘गो ग्रिन’ अभियानअन्तर्गत रही ‘उज्यालो अभियान’को एक हिस्साको रुपमा १० औं वार्षिक लक्ष्मी केयरस् माउन्टेन बाइकर्याली केही दिन अघि सम्पन्न गरेको छ ।
२ सय भन्दा बढी साइकल यात्रीहरुको सहभागीता रहेको उक्त र्याली लीले १३ किलोमिटरको दुरी तय गरेको आयोजकको भनाइ छ ।
सो कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । र्याली जावलाखेलस्थित सदर चिडियाखानाबाट सुरु भइ टंगाल उड, टंगाल पुगी सकिएको थियो । सम्पन्न स्थलमा एड्रियन प्रधान एण्ड फ्रेन्डजको लाइभ कन्स्र्ट पनि भएको बताइएको छ ।
आयोजकको अनुसार वार्षिक कार्यक्रमले जनचेताना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गरेको छ । यस अघि उज्यालो अभियानले नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल एवं च्यारिटिसँग सम्बन्धित संघ संस्थाहरुमा सहयोग गर्दै आएको छ ।
गत वर्षहरुमाउज्यालो अभियानले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार क्षेत्र तथा बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सोलार लाइट जडान गरेको आयोजकको भनाइ छ ।