राजधानीमा लाइभ स्ट्याण्ड–अप कमेडी शो, दर्शकले पेट मिचि मिचि हाँसे

<p>काठमाडौं । विगत केही महिनादेखि यूट्युबमा चर्चा कमाउदै आएको नेप–जीएएसएम स्ट्यान्ड–अप कमेडी शोले सेलीब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुत्त आयोजनमा लाइभ स्ट्याण्ड–अप कमेडी गरेको छ । उक्त शो राजधानीको मीनभवनस्थित पानस रेस्टोरामा सम्पन्न भएको बताइएको छ । शोमा गायक तथा कलाकार सत्यराज आचार्य र गायक स्वरुपराज आचार्यको विशेष उपस्थिति रहेको थियो । उनीहरुले यस्ता शो भइराख्नु पर्नेमा [&hellip;]</p>

काठमाडौं । विगत केही महिनादेखि यूट्युबमा चर्चा कमाउदै आएको नेप–जीएएसएम स्ट्यान्ड–अप कमेडी शोले सेलीब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुत्त आयोजनमा लाइभ स्ट्याण्ड–अप कमेडी गरेको छ ।

उक्त शो राजधानीको मीनभवनस्थित पानस रेस्टोरामा सम्पन्न भएको बताइएको छ । शोमा गायक तथा कलाकार सत्यराज आचार्य र गायक स्वरुपराज आचार्यको विशेष उपस्थिति रहेको थियो । उनीहरुले यस्ता शो भइराख्नु पर्नेमा जोड दिएका छन् ।

कमेडी शोमा पाँच जना हाँस्य कलाकारहरु लेखमणी त्रिपाल, सहर्ष केसी, रुपक बुढाथोकी, योजना थापा, बिभोर अधिकारीका अतिथिक कलाकार रोशन सुवेदीको बेजोड प्रस्तुतीहरु रहेको जनाइएको छ । शोमा उपस्थिति दर्शकले पेट मिचि मिचि हासेको आयोजकको भनाइ छ ।

Share News