माछापुछ्रे बैंकद्वारा विर्तामोडको विद्यालयलाई खानेपानीको ट्यांकी हस्तान्तरण

<p>काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा पञ्चरत्न माध्यामिक विद्यालय बिर्तामोड–२, चौतुबारी, झापाको विद्यार्थीहरुलाई स्वच्छ खानेपानी व्यवस्था गर्ने उद्देश्यले खानेपानीको ट्यांकीको साथमा आवश्यक पूर्वाधार निर्माण गरिदिएको छ । बिहीबार एक कार्यक्रमकाबीच पानीको ट्यांकी प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे तथा माछापुछ्रे बैंक लिमिटेड विर्तामोड शाखाका शाखा प्रबन्धक भरत [&hellip;]</p>

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा पञ्चरत्न माध्यामिक विद्यालय बिर्तामोड–२, चौतुबारी, झापाको विद्यार्थीहरुलाई स्वच्छ खानेपानी व्यवस्था गर्ने उद्देश्यले खानेपानीको ट्यांकीको साथमा आवश्यक पूर्वाधार निर्माण गरिदिएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच पानीको ट्यांकी प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे तथा माछापुछ्रे बैंक लिमिटेड विर्तामोड शाखाका शाखा प्रबन्धक भरत प्रसाईबाट संयुतक्त रुपमा उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

बैंकले मुलुकभर ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, १४ शाखा रहित बै‌किङ सेवा गरि ८० स्थानबाट ग्राहकहरुमाझ बैंकिङ सुबिधा प्रदान गर्दै आएको छ । बैंकले देशभर ८६ वटा एटीएमहरु सञ्चालनमा ल्याएको बताएको छ ।

 

Share News