गाई बाच्छा बचाउने अभियानलाई अग्नि ग्रुपले दियो महिन्द्राको पिकअप गाडी

<p>काठमाडौं । नेपालमा महिन्द्रा गाडीको एक मात्र आधिकारिक विक्रेता अग्नि ग्रुपले हालै ‘मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान’ नामक संस्थालाई महिन्द्रा बोलेरो पिकअप गाडी प्रदान गरेको छ । मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाले विभिन्न पीडित, घाइते एवं छाडा छोडिएका जनावरहरुको उद्धार गर्दै आएको छ । गाडी हस्तान्तरण कार्यक्रम [&hellip;]</p>

काठमाडौं । नेपालमा महिन्द्रा गाडीको एक मात्र आधिकारिक विक्रेता अग्नि ग्रुपले हालै ‘मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान’ नामक संस्थालाई महिन्द्रा बोलेरो पिकअप गाडी प्रदान गरेको छ ।

मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाले विभिन्न पीडित, घाइते एवं छाडा छोडिएका जनावरहरुको उद्धार गर्दै आएको छ । गाडी हस्तान्तरण कार्यक्रम बुधबार होटल याक एण्ड यतिमा सम्पन्न गरिएको थियो । अग्नि इन्कर्पोरेटेड प्रालिका कार्यकारी प्रमुख सुजन वैद्यले महिन्द्रा बोलेरो गाडीको साँचो अभियानलाई प्रदान गरेका थिए ।

नेपालमा वार्षिक करिव ८ हजार जनावर विशेष गरी साँडे एवं बाच्छाहरु सडक तथा राजमार्गहरुमा त्यसै छोडिने गरिन्छ । करिव २५ हजार कुकुर एवं बिरालो काठमाडौंका सडकहरुमा भेटिन्छन् । यस्ता जनावरहरु खाना, पानी तथा उपयुक्त वासस्थानको कमीले गर्दा दुःख पाइरहेको अवस्थालाई मध्यनजर गरी महिन्द्राले त्यस्ता जनावरहरुको जीवन उद्धारको लागि कार्यरत संस्था मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान लाई गाडी प्रदान गरेको हो ।

विगतका वर्षहरुमा सो संस्थाले जनावरहरुलाई मोटर साइकलको पछाडिको सिटमा राखी उद्धार गर्दै आएका थिए । अब उपरान्त जनावरहको उद्धारमा महिन्द्राको गाडीको प्रयोग गरी त्यस्ता जनावरहरुलाई सहज एवं शीघ्र रुपमा उद्धार गरिने कम्पनीले विश्वास  लिएको छ ।

Share News