भैरहवामा पोखरा फाइनान्सको शाखा

<p>काठमाडौं । पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल  विस्तार एवं ग्राहकलार्इ सेवा पुर्याउने उद्देश्यले  शाखा खाेलिएकाे हो । शाखाकाे नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका प्रमुख अशोक कुमार पौडलले उद्घाटन गरेकाे फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । सो शाखाबाट निक्षेप एवं कर्जा तथा [&hellip;]</p>

काठमाडौं । पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल  विस्तार एवं ग्राहकलार्इ सेवा पुर्याउने उद्देश्यले  शाखा खाेलिएकाे हो ।

शाखाकाे नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका प्रमुख अशोक कुमार पौडलले उद्घाटन गरेकाे फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । सो शाखाबाट निक्षेप एवं कर्जा तथा सि–आश्वा लगायतका सेवा प्रदान गर्ने फाइनान्सको भनाइ छ ।

सो अवसरमा आयोजना गरिएको कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, पूर्णिमा विकास बैंकका कार्यकारी प्रमुख प्रकाश गुरुङले लगायतले आफ्नो धारणा राखेको जनाइएको छ ।

फाइनान्सको हाल जारी पूँजी रू ७५ अर्ब ४१ करोड रहेको छ । निक्षेप रू ४ अर्व २३ लाख तथा कर्जा लगानी रु. ३ अर्व ८६ करोड रहेको जनाएको छ ।

त्यस्तै जगेडा कोषमा रू ४१ करोड ७४ लाख रहेको छ । आब २०७३/७४ को मुनाफा वितरणबाट ने.रा. बैंकद्वारा तोकिएको चुक्ता पूँजी रू ८० करोड पुर्याउने लक्ष्याका साथ फाइनान्स अघि बढेको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।

 

Share News