माछापुच्छ्रे बैंकद्धारा कैलालीमा खाद्य तथा पोषाक वितरण

<p>काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कैलालीको निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३मा खाद्य तथा पोषाक वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार(आज) उक्त कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई बैंककाे धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्टका साथैकापी, चकटी, चामल, तेल, चिनी तथा फलफूलसमेत हस्तान्तरण [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कैलालीको निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३मा खाद्य तथा पोषाक वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार(आज) उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई बैंककाे धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्टका साथैकापी, चकटी, चामल, तेल, चिनी तथा फलफूलसमेत हस्तान्तरण गरेको जनाएको छ ।

बैंकले हालसम्म ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Share News