स्पर्स लघुवित्तको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल, २ करोड ४० लाख सेयर जारी गर्दै

<p>काठमाडौं । स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण सेयर (कर्मचारीहरु समेत) सर्वसाधारणमा निष्काशन गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्त सम्बन्धि सम्झौतापत्रमा स्पर्स लघुवित्तका तर्फबाट सजल खड्का [&hellip;]</p>

काठमाडौं । स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण सेयर (कर्मचारीहरु समेत) सर्वसाधारणमा निष्काशन गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त नियुक्त सम्बन्धि सम्झौतापत्रमा स्पर्स लघुवित्तका तर्फबाट सजल खड्का र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

हाल वित्तीय संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको पूँजी ८ करोड रुपैयाँ पुग्ने छ । हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

Share News