काठमाडौं । एनएमबि बैंक लिमिटेडले बिश्व बैकको सदस्य संस्था इन्टरनेशनल फाइनान्स करपोरेसन(आइसीएफसी)सँग ऋण सम्झौता गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बिश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले उक्त सम्झैतापत्र हस्तान्तरण गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झौताले मुर्त रुप पाउने बैकले जनाएको छ । यस सम्झौताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझौला व्यवसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैकले जनाएको छ ।